कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर रहँदा उनले गैरकानुनी रूपमा रकम आर्जन गरेको आरोप छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित चालिसे हाल अर्थ समितिका सभापति हुन् ।
हालै सोही क्षेत्रबाट उम्मेदवारका रूपमा पनि सिफारिस भएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्


