नेपाल न्युज प्वाइन्ट डटकम
नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।

आज ३ सय ३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १ सय ६८ कित्ता शेयर ६० हजार ६ सय ९९ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार भएको नेप्सेले जनाएको छ । 

आइतबार कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य अंकले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेड (प्रमोटर) को २६ करोड १८ लाख ५५ हजार ९ सय ३० बराबरको २४ लाख ९३ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update