सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार
काठमाडौँ : आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
२ हजार २ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रबार भने प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घटेर आज प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने ३ हजार ९ सय ५ रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १२:५४
प्रतिक्रिया दिनुहोस्


