लुम्बिनीले जित्यो एनपिएलको उपाधि
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।
योसँगै फाइनलमा हार व्यहोरेको सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। जवाफी ब्याटिङ गरेको लुम्बिनीले ८६ रनको लक्ष्य नवौँ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
योसँगै लुम्बिनीले ६ विकेटकको शानदार जित निकाल्दै उपाधि जित्न सफल भएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२ १८:१२
प्रतिक्रिया दिनुहोस्



