नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको मूल्य २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार ३ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update