नेपाल न्युज प्वाइन्ट डटकम
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

गत चैत १५ गते तीनकुने घटनामा समाचार संकलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update