चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ
काठमाडौं : आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
कार्कीले काठमाडौंको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौं, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।” असइ कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ १३:३१
प्रतिक्रिया दिनुहोस्


