नेपाल न्युज प्वाइन्ट डटकम
क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश विशेष अदालतले दिएको छ । 

आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनामा पठाउन आदेश दिएको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अधिकारीलाई थुनामा पठाउने निर्णय भए पनि क्यानका निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ । 

नलिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मंसिर १७ गते अधिकारी, भण्डारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारी र भण्डारी अनुसन्धानका क्रममा अख्तियारको हिरासतमा रहेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update