प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । आज (आइतबार, मंसिर २१) दिउँसो ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
भण्डारी जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न जानेक्रममा प्रधानमन्त्रीसँग भेटवार्ता भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद् भवन लगायतका महत्त्वपूर्ण कार्यालयमा आगजनी भएको थियो ।
आन्दोलन पश्चात् केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सहितका अन्य साना दलहरूको सरकार विघटन भएको थियो । त्यसलगत्तै सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् ।
भण्डारी विसं. २०७२ कार्तिक ११ गतेदेखि २०७९ फागुन २ गतेसम्म राष्ट्रपति बनेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १५:२९
प्रतिक्रिया दिनुहोस्


