रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको मृत्यु

काठमाडौं : रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो ।
साजन लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष थिए । साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश गएका थिए । साजनको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको थियो ।
युक्रेनको आक्रमणमा परी साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका भाइ कुमारले दिएका थिए ।
साजनसहित रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० १३:३६
प्रतिक्रिया दिनुहोस्