नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले घटेर दुई लाख ३६ हजार  तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी ४५ रुपैयाँले बढेर  तोलाको दुई हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update