नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा २ हजार नौ सय रुपैयाँले घटेर दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी ६० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update