नेपाल विश्वकपमा छनोट

काठमाडौं : नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार ओमानमा भएको छनोटको सुपर सिक्समा युएईले सामोआलाई हराएसँगै अंकको आधारमा नेपाल विश्वकप छनोट भएको हो । नेपालसँगै ओमान पनि विश्वकपमा छनोट भएको छ ।
योसँगै विश्वकपमा स्थान बनाउने २० मध्ये १९ टोलीको टुंगो लागेको छ। विश्वकप सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुँदैछ ।
नेपाल तेस्रो तथा ओमान चौथोपटक विश्वकपमा छनोट भएका हुन् । नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्दैछ । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेका थियो ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ १९:४०
प्रतिक्रिया दिनुहोस्