नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

आज सुन तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदी १५ रुपैयाँले बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update