नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी १०५ रुपैयाँले बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update