
काठमाडौं : ओमानमा जारी आइसीसी टी(२० विश्वकप एसिया छनोटको सुपर(६ को आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।
यसअघि अल अमेरात क्रिकेट एकेडेमीमापहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाए ।
नेपालका लागि भुर्तेल र शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रम नचल्दा नेपाल मध्यम योगफलमा सीमित भएको थियो ।
युएईका लागि जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एकएक विकेट लिए।