बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर २ हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य २ हजार ९६० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२ ११:५६
प्रतिक्रिया दिनुहोस्