अर्थ मन्त्रालयमा आजदेखि डिजिटल टिप्पणी प्रणाली सुरु

काठमाडौं : अर्थ मन्त्रालयले डिजिटल टिप्पणी सुरु गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी सुरु भएको जानकारी गराएका छन् । डिजिटल टिप्पणी सुरु गरेर अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो ।
डिजिटल टिप्पणी सुरु भएसँगै पटक–पटक कागज प्रिन्ट गर्नुपर्ने, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा–कोठा जानुपर्ने बाध्यता हट्नेछ । टिप्पणी उठेको समय, सदर भएको समय सबै प्रणालीमा बस्ने अपेक्षा गरिएको छ ।
पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो । अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि आजदेखि नै डिजिटल टिप्पणी सुरु गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १२:३१
प्रतिक्रिया दिनुहोस्