नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वमन्त्री अब्दुल खान सवार गाडी कृष्णभिरमा दुर्घटना

धादिङ : जनमत पार्टीका सांसदसमेत रहेका पूर्वखानेपानी मन्त्री अब्दुल खान सवार गाडी कृष्णभिरमा दुर्घटनामा परेको छ । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खानलगायत सवार कार बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा सांसद खानसहित चार जना घाइते भएका छन् । सांसद खानको दाहिने हातमा चोट लागेको छ । साथै अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ ।

घाइतेहरुको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update