नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको मूल्य २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update