नेपाल न्युज प्वाइन्ट डटकम
पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

काठमाडौं : सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो । 

धितोपत्र बोर्डका कायममुकायक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कायममुकायम कार्यकारी निर्देशक निरन्जन भट्टराई र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update