नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update