नेपाल न्युज प्वाइन्ट डटकम
वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोलीको घोषणा, आदिल र जोराको पुनरागमन

काठमाडौं : वेस्ट इन्डिजसँगको टी-२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ ।

क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ ।

हालै भारत गएर पाँच टी-२० खेलेको नेपाल ए टिमबाट सन्दिप जोरा, आदिल आलम लगायतका खेलाडी पनि समेटिएका छन् ।

खेल यूएईको सारजाह क्रिकेट मैदानमा असोज ११, १३ र १४ गते हुँदैछ ।

नेपाली टोलीमा रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम रहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update