नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा रु दुई. हजार पाँच सय रुपैयाँले बढेर रु. दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर रु. दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update