नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । 

आज चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २ हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update