नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य हालसम्मकै उच्च, नाघ्यो २ लाख

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update