नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । 

तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । 

तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कायम भएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update