नेपाल न्युज प्वाइन्ट डटकम
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको जानकारी दिएको हो ।

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो ।

फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update