नेपाल न्युज प्वाइन्ट डटकम
लमजुङ पोखरा बचत तथा ऋण सहकारी र अन्नपूर्ण अस्पतालबीच छुट सम्झौता

काठमाडौं : लमजुङ–पोखरा सम्पर्क समितिद्वारा सञ्चालित लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था र पोखरा–१२ शिवचोकस्थित अन्नपूर्ण महिला तथा बाल अस्पतालबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा सहकारीका अध्यक्ष बिजलीबहादुर गुरुङ र अस्पतालका अध्यक्ष सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन्। भदौ १ गतेदेखि सम्झौता लागू भइसकेको समितिले जनाएको छ ।

सम्झौता अनुसार समितिका सदस्यहरूले अस्पतालमा स्वास्थ्य उपचार गर्दा अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त सुविधा समितिको सिफारिसपत्रका आधारमा मात्र उपलब्ध हुने उल्लेख छ ।

हाल समितिसहित सहकारीमा करिब ५१२ जना सदस्य आवद्ध छन् । पाँच वर्षसम्म कायम रहने यस सम्झौता मार्फत आफ्ना जिल्लावासीलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्य रहेको अस्पताल अध्यक्ष पाण्डेले बताए ।

अन्नपूर्ण अस्पतालले महिला तथा बालबालिकासहित विभिन्न रोगका उपचारमा विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update