नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । 

मधेश प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा निर्माण भएको सुविधासम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरेको हो । 

यसअघि आफ्नो भवन नभएकाले मधेश प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो । जनकपुरधाम वडा नंं ४ स्थित  नवनिर्मित भवन सञ्चालनमा आएपछि मधेश प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको छ । 

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गरेको सो भवन निर्माण गर्ने जिम्मेवारी पाएको शिवालय सुवेदी जेभीले तोकिएको समयसीमा भित्रै तयार गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update