मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयसँग झडप

काठमाडौं : काठमाडौंको मनोहरा क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए ।
त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गरेपछि केही नगर प्रहरी घाइते भएका छन्।
भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्ती हटाउन यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।
हालसम्म २०–२५ घर टहरा हटाइसकिएको र अवस्था अझै तनावग्रस्त रहेकाले थप सुरक्षा बल खटाइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १५:०४
प्रतिक्रिया दिनुहोस्