नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौमा पाँच दिने चीन भ्रमणमा जाने भएका छन् ।

चीनमा हुने दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन् ।

जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् ।

उनको भ्रमण १४–१८ भदौमा हुने बताइएको छ ।

चीनमा उनले त्यहाँका राष्ट्रपति सी चिनफिङका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्नेछन् । संयुक्त भेटको पनि तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update