नेपाल न्युज प्वाइन्ट डटकम
रासायनिक मलको आपूर्ति व्यवस्था सहज बनाउनका लागि ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रश्तावसहित उपस्थित हुन कृषि, तथा पशुपन्छी विकासमन्त्रीलाई निर्देशन दिएका छन् ।

रासयनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मंगलबार कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरेका हुन् ।

सो अवसरमा रासयनिक मलको उपलब्धता, आपूर्तिको विषय गहन छलफल भएको थियो । यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उद्योग,  वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यथेष्ठ मात्रामा मल उपलब्ध नभएको र प्रभावकारी वितरण किन हुन नसकेको सो अब प्रभावकारी वितरण गर्ने ठोस प्रश्तावसहित उपस्थित हुन तीन दिनको समय दिएको जानकारी दिए । उनले रासयनिक मल अहिले पनि उपलब्ध रहेको र आयात पनि भइरहेको बताए । वितरण प्रभावकारी हुन नसेककोबारे प्रधानमन्त्रीको चासो छ । 

प्रधानमन्त्री ओलीले नेपालमा मल कारखानाका लागि आवश्यक तयारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको पनि मन्त्री भण्डारीले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update