नेपाल न्युज प्वाइन्ट डटकम
रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहराएको थियो । सोही कारण उनले राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा दिनुअघि प्रतिनिधि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा पनि रहिरहने उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update