नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई सय रुपैयाँले घटेर एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी पाँच रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी बढेर २ हजार ३२५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update