सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौंः सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।
बिहीबार प्रतितोला रु एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्