नेपाल न्युज प्वाइन्ट डटकम
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

मन्त्री राणाले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत बेपत्ता नागरिकको खोजीका लागि पहल भइरहेको जानकारी दिएकी हुन् ।

उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरी हराइरहेका नेपाली नागरिकको खोजी तथा उद्धार कार्यमा तदारूकताका साथ लाग्न निर्देशन दिइसकेको बताएकी छन् ।

‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ,’ मन्त्री राणाले भनिन्, ‘नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ। दिल्लीस्थित दूतावासलाई समन्वय गर्न निर्देशन दिइसकेको छु।’

गत मंगलबार उत्तराकाशी जिल्लाको धरालीमा एक्कासि आएको बाढीमा परे १८ नेपालीहरू बेपत्ता भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update