नेपाल न्युज प्वाइन्ट डटकम
बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

काठमाडौं : बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् ।

बागमतीकाे छैटौं मुख्यमन्त्रीकाे रूपमा आज मंगलबार दिउँसाे नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले पद तथा गोपनियताको शपथ ग्रहण गराए । देवकाेटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update