खटाएको स्थानमा नगएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन जान गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले खटाएको स्थानमा नगएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन जान निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरुवा गरेको स्थानमा हाजिर हुन जान निर्देशन दिएको हो ।
खटाएको स्थानमा नजानेमा १८ जना शाखा अधिकृत छन् भने ५ जना नायब सुब्बा छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२ १२:३०
प्रतिक्रिया दिनुहोस्