
काठमाडौंः वैदेशिक रोजगार बोर्डले एक वर्षमा १ हजार बढी जनाको शव ढुवानी गरेको छ । बिहीबार बोर्डको सचिवालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले गत आर्थिक वर्ष २०८१/०८२ मा १ हजार १८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको जानकारी दिएका हुन् ।
१ हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको निर्देशक उप्रेतीको भनाइ छ । सोही वर्ष बोर्डले ६९८ जना अंगभंग/विरामी कामदारलाई आर्थिक सहायता प्रदान गरेको र २७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको जानकारी पनि उनले बताए ।
यसका साथै ३ हजार ९९० जनालाई वैदशिक रोजगार सन्तती छात्रवृत्ति सहायता प्रदान गरिएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको निर्देशक उप्रेतीले बताए ।