नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी ४० रुपैयाँले घटेर दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update