नेपाल न्युज प्वाइन्ट डटकम
मधेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन आदेश

काठमाडौंः जिल्ला अदालत काठमाडौंले मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज झालाई थुनामा पठाउने आदेश दिएको छ ।

अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

एक महिलाले आफूलाई झाले ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । साेही आरोपमा ४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलकाे कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update