बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ ११:५७
प्रतिक्रिया दिनुहोस्