नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।

भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update