नेपाल न्युज प्वाइन्ट डटकम
भूमिसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौंः भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरेका हुन् ।

प्रस्तावलाई संसदले सर्वसम्मत रुपमा स्वीकृति जनाएको सभामुखले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक साउन ९ गते १ बजे बस्नेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update