नेपाल न्युज प्वाइन्ट डटकम
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी १५ रुपैयाँले घटेर दुई हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार दुई हजार ३५० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update