नेपाल न्युज प्वाइन्ट डटकम
बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । बम्जनलाई प्रहरीले गत मंगलबार राति पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update