नेपाल न्युज प्वाइन्ट डटकम
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं : नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । 

bha-1752580890.jpg
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update