नेपाल न्युज प्वाइन्ट डटकम
कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते

काठमाडौँ : कपिलवस्तुमा बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना भएको हो । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

लु. प्र ०२००१ ख ००४५ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो ।  ३० जना सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । 

घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य छ । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update