नेपाल न्युज प्वाइन्ट डटकम
एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, नगर सभा आइतबार

काठमाडौं :काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार काठमाडौं प्लाजास्थित सभा हलमा बसेको ४०औं नगर कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।

बैठकमा मेयर बालेन शाहले नगरसभा बैठक असार २९ गते दिउँसो २ बजे बोलाएका छन् । नगर सभा अघि ११ बजे कार्यपालिका बैठक बस्ने पनि उनले जानकारी दिए ।

मेयर बालेनले शुक्रबारको कार्यपालिका बैठकमा एउटा मात्रै एजेन्डा राखेका थिए । २४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update